नियम
अध्यक्षको काम कर्तव्य र अधिकार
अध्यक्षको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :- (क) प्राधिकरणको प्रशासनिक प्रमुखको रूपमा काम गर्ने, (ख) प्राधिकरणको वार्षिक योजना तथा कार्यक्रम तर्जुमा गरी गराई प्राधिकरणको बैठकमा पेश गर्ने, (ग) प्राधिकरणको कोषको रेखदेख तथा नियन्त्रण गर्ने, (घ) प्राधिकरणको सम्पत्तिको स्याहार सम्भार गर्ने, गराउने, (ङ) प्राधिकरण र नेपाल सरकार तथा अन्य संघ संस्था बीच सम्पर्क अधिकारीको रूपमा काम गर्ने, (च) ऐन वा यस नियमावली बमोजिम प्राधिकरणबाट प्रत्यायोजित अन्य काम गर्ने, गराउने ।